संसद्मा पुग्यो हुम्ला–बाजुरा सीमा विवाद : समाधान गर्न सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: हुम्ला र बाजुरा सीमा विवाद संसदमा प्रवेश, समाधानको माग
www.kathmandupati.com · 6 दिन अघि

सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद जयपति रोकायाले कर्णाली राजमार्ग अवरुद्ध भएकाले बिरामी, विद्यार्थी र अत्यावश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको भन्दै संवादबाट समाधान गरी राजमार्ग खुलाउन माग गरे । सांसद केपी खनालले रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुव्र्यवहार भएको र जडीबुटी तथा वन्यजन्तुको अवैध बेचबिखन नियन्त्रण गर्न खोज्दा घटना भएको बताए । सांसद जनकराज गिरीले हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई साङ्घातिक आक्रमण भएकोप्रति ध्यानाकर्षण गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू