काठमाडौँ महानगरको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
prasashan.com · 1 दिन अघि

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्ने छात्रवृत्ति छनोट परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन्। आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको आवेदन स्वीकृत नभएपछि बाँकी विद्यार्थी परीक्षा दिन योग्य ठहरिएका हुन्। महानगरको शिक्षा विभागअन्तर्गत परीक्षा समितिले परीक्षार्थीले आवेदन दिएको सोही अनलाइन प्रणालीमार्फत प्रवेश पत्र प्राप्त गर्न सक्ने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू