विद्युत् प्रयोग बढ्दा पेट्रोलियम आयात घट्यो, पेट्रोल–डिजेल खपतमा दोहोरो अंकको गिरावट
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
नेपालमा विद्युत् पहुँच र प्रयोग विस्तार भएसँगै पेट्रोलियम पदार्थको आयात तथा खपतमा उल्लेखनीय गिरावट देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोल, डिजेल, एलपी ग्यासदेखि मट्टितेलसम्मका अधिकांश इन्धनको आयात दोहोरो अंकले घटेको सरकारी तथ्यांकले देखाएको छ । विद्युतीय सवारीसाधनको प्रयोग विस्तार, उद्योग तथा घरायसी क्षेत्रमा विद्युत् खपत बढ्नु र इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणको प्रयोग बढ्नुले पेट्रोलियम पदार्थको माग घटाउन सहयोग पुगेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›