सांसद डाँगीको प्रश्न– सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठले बनेको हो?
▸ यस स्टोरीको अंश: सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नयाँ संसद भवनमा सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठले बनेको हो भनेर प्रश्न गरेकी छन्। उनले महालेखा परीक्षकको प्रतिवेदनले काठको सदुपयोग नहुँदा अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको औंल्याएको सन्दर्भमा स्वदेशी काठ प्रयोग गर्नुपर्नेमा जोड दिइन्। उनले संसद भवन र सिंहदरबारबाटै देशभित्र शतप्रतिशत नेपाली काठ र फर्निचर मात्रै प्रयोग गर्ने नियम तत्काल लागू गर्न सरकारलाई आग्रह गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित