त्रिभुवन विमानस्थलमा अनिवार्य नेपाली वस्तुहरूको विक्री गर्ने व्यवस्था गर्न माग
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा आज तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको विक्री वितरणका हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । उनले सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरूको प्रवर्द्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा पनि जोड दिइन् । विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रूपमा नेपाली उत्पादनका डेडिकेटेड सेक्सन व्यवस्था गरियोस् भन्ने उनको माग छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›