बजेट: आयकर छुट सीमा १० लाख
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको घोषणा गरेका हुन् । यसअघि यो सीमा ५ लाख थियो । त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ । यसअघि यो दर ३९ प्रतिशत थियो । त्यस्तै अर्थमन्त्री वाग्लेले ३६० वस्तुको अन्तशुल्क खारेज गरेको बताएका छन् । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित