एउटै लटका सहसचिवबाट तीनजना स्थानीय तहमा, तेस्रो वरियताकी न्यौपाने काठमाडौँमै राखिएपछि प्रश्न !

यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे भन्छन्, गणतन्त्र जनताको सामूहिक सङ्घर्षको उपलब्धि हो
prasashan.com · 1 दिन अघि

सरकारले नयाँ बढुवा भएका सहसचिवलाई स्थानीय तहमा पदस्थापन गर्ने निर्णयसँगै कर्मचारी वृत्तमा प्रश्न उठेको छ । एउटै लटबाट बढुवा भएका सहसचिवमध्ये तीन जनालाई स्थानीय तहमा खटाएर तेस्रो वरियताकी आरती न्यौपानेलाई काठमाडौँभित्रै पदस्थापन गरिएको छ । यसलाई लिएर कर्मचारी वृत्तमा पदस्थापन प्रक्रियाको औचित्य र समय चयनमाथि प्रश्न उठाइएको छ । आर्थिक वर्षको अन्तिम चरणमा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनु उपयुक्त नभएको तथा खटाउनै परे समान व्यवहार हुनुपर्ने कर्मचारीहरूको भनाइ छ । सचिव चन्द्रकला पौडेलले आरती न्यौपानेलाई पारिवारिक अवस्थाका कारण काठमाडौँभित्र पदस्थापन गरिएको र अन्य तीन जनालाई स्थानीय तहमा रिक्त पदमा खटाइएको बताइन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू