दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अनुमति

यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
lokaantar.com · 1 हप्ता अघि

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा तीन दिन म्याद थप भएको हो । पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो । प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक नैतिकता, शिष्टचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू