मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट आजै दर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन्। प्रधानको एकल इजलासले सोमबार दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएको हो। इजलासले प्रधानन्यायाधीशमा सिफारिस शर्माकै आदेशमा सर्वोच्च प्रशासनले रिट दर्ता नगरेको विषयलाई गम्भीरताका साथ लिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›