नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गर्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गर्नुभएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै उहाँले सरकारसँग रहने ६६ प्रतिशत सेयर यथावत् राखी बाँकी सेयर पुस मसान्तभित्र बिक्री गरिने जानकारी दिनुभएको हो । अर्थमन्त्री वाग्लेले सेयर बिक्रीबाट प्राप्त हुने रकमलाई नेपाललाई प्रविधि तथा ‘टेक हब’ बनाउने अभियानमा उपयोग गरिने पनि बताउनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित