नेपाललाई १९५ रनको लक्ष्य

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
nayapage.com · 1 हप्ता अघि

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा नेपालले जितका लागि १९५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डलाई नेपाली बलरहरूले कसिलो बलिङ गर्दै ३९.१ ओभरमा १९४ रनमै अलआउट गरिदिए। स्कटल्याण्डका लागि ब्रान्डन मकमुलनले सर्वाधिक ७३ रनको योगदान दिए भने माइकल इङ्लिसले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। नेपालका ललित राजबंशीले ४ विकेट, सन्दीप लामिछानेले ३ विकेट तथा सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू