गोरखा मिडिया नेटवर्कको नाममा काठमाडौँ महानगरको लिलाम गर्ने १५ दिने अन्तिम सूचना

यस स्टोरीको अंश: रौतहटमा मदिरा सेवन गरी कुटपिट गर्दा युवकको मृत्यु, एक पक्राउ
kharibot.com · 2 दिन अघि

गोरखा मिडिया नेटवर्क प्रालिका नाममा काठमाडौँ महानगरपालिकाले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा न्यायिक समितिले यसअघि नै घरजग्गा खाली गराउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो । निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि ग्यालेक्सी फोरके टेलिभिजन कार्यालयमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै मृगेन्द्र मिश्रले गत वैशाख २१ गते निवेदन दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू