हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी
▸ यस स्टोरीको अंश: हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब २० लाखको क्षति
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा बिहीबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। अपराह्न १२:२५ बजे शेरबहादुर पहरीले सञ्चालन गर्दै आएको पार्टी प्यालेसको सभा हलको स्टेजमा करेन्ट सर्ट भई आगलागी भएको हो। आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, लाइट, इलेक्ट्रोनिक तार, जस्तापाता तथा स्टेन बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित