तीन वर्षपछि कर्मचारीको तलब बढ्ला ?

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
www.canadanepal.com · 10 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने स‍मय नजिकिँदै जाँदा सरकारी कर्मचारीको तलब वृद्धि हुने वा नहुने विषय चर्चाको केन्द्रमा पुगेको छ । नेपालको संविधानअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा कर्मचारी वृत्तमा सबैभन्दा बढी चासो तलब वृद्धिकै विषयमा देखिएको छ । सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामार्फत कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । त्यसयता तीन वर्षसम्म तलब वृद्धि भएको छैन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू