सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजश्व छुट
▸ यस स्टोरीको अंश: अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, महालेखाको प्रतिवेदनले औँल्यायो
सरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक ऐनमा टेकेर आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्वतर्फ सो परिमाणको छुट दिइएको हो। यस वर्ष दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सुविधा अन्तर्गत मालवस्तु पैठारी गर्दा ५ अर्ब ७१ करोड रुपैयाँ भन्सार महसुल छुट दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›