मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
▸ यस स्टोरीको अंश: मार्किचोक सबस्टेसनमा प्राविधिक समस्याले तनहुँ, गोरखा र चितवनमा विद्युत् अवरुद्ध
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा रहेको २२०/१३२/३३ केभी सबस्टेसनको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि तनहुँ, गोरखा र चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि लाइन अवरुद्ध भएको हो। वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›