कोशी प्रदेशमा कानुन अभिलेखीकरण प्रणालीको शुभारम्भ
▸ यस स्टोरीको अंश: बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्यो
कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबाट हालसम्म जारी भएका कानुनहरुको डिजिटल अभिलेखीकरण सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा निर्माण गरेको “कानुन अभिलेखीकरण प्रणाली” को धनकुटाको हिलेमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रदेश सरकारले पहिलो पटक कानुन अभिलेखीकरण प्रक्रिया सुरु गरेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›