मोरङमा लागू औषधविरुद्ध महाअभियान सुरु
▸ यस स्टोरीको अंश: कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनविरुद्ध महाअभियान सुरु, प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी प्रदेश सरकारले लागू औषधको बढ्दो दुर्व्यसनी नियन्त्रणका लागि ‘महाअभियान’को सुरुवात गरेको छ। लागू औषध दुर्व्यसनलाई व्यक्ति मात्र नभएर समाज र राष्ट्रकै विकासको मुख्य बाधक ठहर गर्दै प्रदेश सरकारले यसलाई नियन्त्रण गर्न लागि ‘लागू औषध दुर्व्यसनविरुद्धको महाअभियान’ को सुरुवात गरेको हो। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित ‘लागू औषध दुर्व्यसनविरुद्धको महाअभियान’ को शुभारम्भ गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले यस क्षेत्रमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›