नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर

यस स्टोरीको अंश: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्दा दायर
kharibot.com · 5 दिन अघि

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्दा दायर गरिएको छ । जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अनुसार शिक्षक भोजराज न्यौपानेले माध्यमिक तह गणित विषयको राहत शिक्षक पदमा नियुक्ति पाउनका लागि त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तह र व्यवसाय अध्ययनतर्फको स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली रूपमा पेश गरेको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू