भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: भटौली खोलामा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा, जेठ मसान्तसम्म सम्पन्न हुने लक्ष्य
रामेछाप जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको रु तीन करोड ३३ लाख ६५ हजारको लागतमा निर्माण भइरहेको यो पुल जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको छ । पुल सम्पन्न भएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै उत्पादन हुने कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाडौँसम्म पुर्याउन सहज हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›