अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, बकपत्र गर्न सकिने आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्चको आदेश: अब विदेशबाट अनलाइनमार्फत अदालतमा बयान र वकपत्र गर्न सकिने
सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान र बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›