तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस,हेलिकप्टरबाट उद्धार
▸ यस स्टोरीको अंश: कैलालीमा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी तालिमका क्रममा बेहोस, हेलिकप्टरबाट उद्धार
कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको छ । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›