‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीयसहित निःशुल्क शिक्षाको व्यवस्था गर्योकाठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका १४ जना बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क कक्षा १० सम्मको अध्ययनको व्यवस्था गरेको छ । यसका लागि महानगरले विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी प्रबन्ध मिलाएको हो । विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनका विषयमा विभिन्न चार प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आइतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›