कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष
▸ यस स्टोरीको अंश: विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव नियुक्त
कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्यसचिव पदमा सुनसरीका विप्लव घोष नियुक्त भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले ४ वर्षका लागि घोषसहित उपाध्यक्ष र सदस्यहरूलाई नियुक्त गरेका हुन् । यसअघि नेकपा (एकीकृत समाजवादी) बाट सदस्यसचिव नियुक्त गरिएका हंशराज वाग्लेलाई अदालतको आदेशबाट पुनर्बहाली भएका कृष्ण बस्नेतले प्रतिस्थापन गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›