हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त
▸ यस स्टोरीको अंश: कोसी प्रदेश सरकारद्वारा हलेसी र बराहक्षेत्र विकास समितिका लागि कार्यकारी निर्देशक नियुक्तबिहीबार बसेको कोसी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरेको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए । यसैगरी बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›