आधा दर्जन व्यवस्था उल्लंघन गरेपछि राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

यस स्टोरीको अंश: हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
bankingsamachar.com · 1 हप्ता अघि

हिमालयन बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको भन्दै कारबाही गरेको हो । बैंकले केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै कारबाही गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू