हाइमास्ट लाइटले उज्यालियो हेटौंडा–१० बसपार्क
▸ यस स्टोरीको अंश: धार्चेको नौलीखोलामा मोटरेबल पुलको उद्घाटन, उत्तरी गोरखाको यातायात सहजहेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा जडान गरिएको हाइमास्ट लाइटको शनिबार उद्घाटन गरिएको छ । वडा अध्यक्ष फुर्वा दोर्जी लामाले बत्ती बालेर हाइमास्ट लाइटको औपचारिक उद्घाटन गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको ७० प्रतिशत सहयोगमा हाइमास्ट लाइट जडान गरिएको हो । बसपार्क क्षेत्रमा हुने चोरी, डकैती तथा विभिन्न आपराधिक गतिविधि न्यूनीकरण गर्न हाइमास्ट लाइट आवश्यक रहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›