नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
▸ यस स्टोरीको अंश: नेपाल–चीन सीमा बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा जोड
नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छ। बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए । दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित