नागरिकका समस्यालाई सरकारले सम्बोधन गर्छ- शिक्षामन्त्री सस्मित पोखरेल

यस स्टोरीको अंश: क्यान महासंघमा चिरञ्जीवी अधिकारी कार्यवाहक अध्यक्ष नियुक्त
biznessnews.com · 4 दिन अघि

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए। सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाडौं महानगरपालिका–४स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू