रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन: बुर्लाकोटी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने महामन्त्री बुर्लाकोटीको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीले जनतालाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकले अपेक्षा गरेअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिइने बताए । उनले देशमा विद्यमान बेथिति र विसङ्गतिको अन्त्य गर्न जनताले रास्वपालाई ठूलो जनमतसहित सरकारमा पठाएको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›