प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा : सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
www.nepaljapan.com · 1 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने ने तयारीमा रहनुभएको जानकारी गराउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको खोजी गर्दै अवरोध गरेपछि उहाँले सो कुराको जानकारी दिनुभएको हो । बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो जानकारी दिंदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभयो । बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहनुभएका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । “सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ”, उहाँले भन्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू