सियोलमा सगरमाथा दिवस मनाइयो
▸ यस स्टोरीको अंश: चारदिने बिदाले ढोरपाटनमा पर्यटकको भीड, होटलमा बास नपाएपछि सयौं फर्किए
दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ । सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना दिँदै नेपाल भ्रमण गर्न आमन्त्रित गरे । कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावबारे चर्चा गर्दै हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›