मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’

यस स्टोरीको अंश: कर्णाली प्रदेशमा ‘चिन्ता र उदासिनता’ मानसिक स्वास्थ्य समस्याको प्रमुख कारण: तथ्याङ्क सार्वजनिक
www.reportersnepal.com · 14 घण्टा अघि

कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी समन्वय बैठक’मा नेपालसहित कर्णालीको मानसिक स्वास्थ्य अवस्थाको तथ्याङ्क सार्वजनिक गरिएको हो । बैठकमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गरे । कर्णालीमा पनि मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी ‘चिन्ता र उदासिनता’ देखिएको तथा त्यो नेपालकै तथ्याङ्कसरह रहेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू