घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

यस स्टोरीको अंश: बर्दिबासका किसान घरमै दूध बिक्री र अनुदान पाएपछि उत्साहित
www.reportersnepal.com · 5 दिन अघि

बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन् । किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै प्रतिलिटर दुई रूपैयाँ अनुदान पनि प्राप्त गर्ने भएका छन् । सहकारी संस्थाले घरघरबाटै सङ्कलन गर्ने दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन् । यसका साथै संस्थाले बेसारखेतीको अवधारणा पनि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू