केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित
▸ यस स्टोरीको अंश: कृषि उपजको भुक्तानीमा ढिलासुस्ती, किसानको गुनासो
सुनसरीका किसानहरू केराको उच्च मूल्य पाएपछि उत्साहित भएका छन् । इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले खुसी व्यक्त गरेका छन् । गत वर्ष प्रतिकोसा १–२ रुपैयाँमा बेच्नुपरेकोमा यसपालि ५–७ रुपैयाँ प्रतिकोसा मूल्यमा व्यापारी बगानमै आइरहेका छन् । सीमानाकामा कडाइ गरेपछि भारतीय केरा आयात घटेकाले नेपाली किसानले उचित मूल्य पाएको किसानहरूको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›