शुन्य समयमा उठेका विषय कार्यान्वयन नभए ‘जिरो आवर’ बन्द गर्न सांसद खरेलको माग

यस स्टोरीको अंश: रास्वपा सांसद खरेल भन्छन्- शून्य समयमा उठाइएका विषय कार्यान्वयन नभए प्रक्रिया बन्द गरियोस्
newspolar.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शुन्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शुन्य समयको औचित्य नरहने उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘यदि क्यामेरामा रेकर्ड मात्र गर्ने र सुनुवाइ नगर्ने हो भने यो शून्य समय बन्द गरियोस्। होइन भने, यहाँ उठाइएका विषयहरूलाई सम्बोधन गर्न एक शक्तिशाली आयोग वा समिति गठन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लगियोस् ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू