प्रधानमन्त्री उपस्थित हुने नहुने कुराले विपक्षीले संसदमा हलो अड्काउन पाइँदैन: जगदीश खरेल
▸ यस स्टोरीको अंश: संसद्मा 'तमासा' अभिव्यक्तिले रास्वपा सांसद खरेलमाथि नियमापत्ति, आरोप-प्रत्यारोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा अवरोध गर्न नहुने बताएका छन् । उनले संसद विपक्षीको अवरोधकै कारण संविधान अनुसार बन्नुपर्ने ऐन र कानुन बन्न नसकेको बताए । पर्यटनसम्बन्धी ऐन नबनेको आधा शताब्दी भइसकेको र ४८ वर्षदेखि बन्न नसकेको ऐन बनाउन आफूहरू अगाडि बढिरहेका बेला प्रधानमन्त्रीको उपस्थितिको विषयले प्रक्रियामा बाधा पुर्याउन नमिल्ने उनको भनाइ थियो । सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू आक्रोशित बनेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›