नेप्से ६.५१ अंकले घट्यो, ३ अर्ब ८ करोडको कारोबार
शेयरबजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घट्दै २ हजार ७२४.३९ अंकमा झरेको हो । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अंकले घटेर ४६७.३७ अंकमा सीमित भएको छ । आज कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर तीन अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ । नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›