सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

यस स्टोरीको अंश: सांसदहरूले कर्णाली र सुदूरपश्चिमको विकासमा लगानी बढाउन र ट्रमा सेन्टर निर्माणमा जोड दिए
ehimalayatimes.com · 1 हप्ता अघि

सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गर्नुभएको छ । उहाँले काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद प्रा डा चन्द्रमोहन यादवले धनुषामा डेडिकेटेट ट्रमा सेन्टर निर्माणको काम अगाडि बढाउन माग गर्नुभयो । सांसद जगतप्रसाद जोशीले सडक निर्माण, पुनर्निर्माण, स्वास्थ्यचौकी, खानेपानी ट्याङ्की निर्माणलगायत विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगदीश खरेलले ललितपुर जिल्लाका विभिन्न स्थानबाट मूर्तिकलाहरू चोरी भएको जनाउँदै कला र संस्कृतिको संरक्षणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू