त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
▸ यस स्टोरीको अंश: महाबु सडक स्तरोन्नति र ट्र्याक खोल्न सङ्घीय र प्रदेश सरकारसँग अनुरोध
छिमेकी मित्रराष्ट्र भारत र चीनलाई जोड्ने रणनीतिक महत्वको त्रिदेशीय ‘महाबु सडकखण्ड’ अन्तर्गतको बोटो स्तरोन्नति गर्न र ट्रयाक खोल्न सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले महाबु सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आवश्यक बजेट व्यवस्था गरिदिन प्रदेश तथा सङ्घीय सरकारसँग अनुरोध गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›