क्यानडा पठाउने भन्दै डब्लुडब्लुआइसीएस कन्सल्टेन्सीको ठगीधन्दा, २ भारतीय नागरिक पक्राउ
▸ यस स्टोरीको अंश: क्यानडा पठाउने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीका नाममा क्यानडा पठाइदिने भन्दै ठूलो रकम असुली ठगी गरेको आरोपमा प्रहरीले डब्लुडब्लुआइसीएस इमिग्रेसन सर्भिसेस नेपाल प्रालिका दुई जना भारतीय नागरिक अमित कुमार र राहुल कुमारलाई पक्राउ गरेको छ। उनीहरूले काठमाडौं महानगरपालिका–११ मा कार्यालय सञ्चालन गरी बेरोजगार युवायुवतीलाई ‘बिजनेस स्टार्टअप भिसा’मार्फत क्यानडा लैजाने प्रलोभन दिएर प्रतिव्यक्ति ८० हजार अमेरिकी डलरसम्म असुलेको अनुसन्धानबाट खुलेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›