पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन शुरु
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन डोजर परिचालन
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु गरिएको छ। पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन शुरु गरेको हो। महानगरले आईतबार विहान पोखरा २ र १८ को सिमानामा पर्ने अँधेरीकुना, पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल बुढानिलकण्ठ मन्दिर छेउ र पोखरा ७ र ८ को सिमानामा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला पुल छेउबाट फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन शुरु गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित