सिरुबारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध, तीर्थयात्रु र पर्यटक अलपत्र
▸ यस स्टोरीको अंश: म्याग्दीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुबारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›