अतिक्रमित सरकारी जग्गा खाली गराइयो
▸ यस स्टोरीको अंश: हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदा स्थानीय आक्रोशित, उपमहानगरपालिका भन्छ– 'बाध्य भयौँ'
हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रको स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा हेटौँडा–५ को क्याम्पाडाँडा क्षेत्रमा अतिक्रमण गरिएको करिब चार कठ्ठा जग्गा खाली गराइएको हो । सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार बिहानदेखि प्रहरी प्रशासनको सहयोगमा अनधिकृत संरचना हटाइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›