कांग्रेस सचेतकले सोधे– सांसद गीताकुमारीलाई किन निकालियो ? सभामुखले जवाफ दिए– निकालिएको होइन
▸ यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
फोटो खिचेको आरोपमा कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेको विषयमा प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राई र सभामुख अर्यालबीच सवाल–जवाफ चलेको छ । केही समय स्थगित भएपछि पुनः सुरु भएको प्रतिनिधिसभाको बैठकमा सुरुमै कांग्रेस सचेतक राईले सांसद गीताकुमारीलाई मर्यादापालकले किन निकाले ? भनेर सोधेका थिए । उनले सभामुखले नियमावलीको नियम ३० बमोजिम सभामुखले आदेश दिनुपर्नेमा त्यो नभएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित