रुसी सेनामा नेपाली : ‘भाडाका सैनिक कि मानव बेचबिखनको शिकार ?’
▸ यस स्टोरीको अंश: विश्वभर बढ्दो द्वन्द्वबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एङ्गेजमेन्ट (एनआईआईसीई) ले ‘रुसी सेनामा नेपालीहरू: भाडाका सैनिक कि मानव बेचबिखनका शिकार ?’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । ललितपुरको हात्तीवनस्थित सेमिनार हलमा आयोजना गरिएको कार्यक्रममा रुस–युक्रेन द्वन्द्वबिच रुसी सेनामा नेपाली नागरिकहरूको भर्ती, यसका कानुनी, मानवीय र भूरणनीतिक असरहरूबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको सुरुवात गर्दै एनआईआईसीईका डा. प्रमोद जयसवालले रुस–युक्रेन युद्धमा नेपालको दृष्टिकोण सार्वभौमिकता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रतिको दीर्घकालीन प्रतिबद्धतामा आधारित रहेको स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›