स्ट्यानफोर्ड विश्वविद्यालयमा “नेपालका लागि डायस्पोरा ज्ञान सेतु” विषयक डायस्पोरा नीति संवाद सम्पन्न
▸ यस स्टोरीको अंश: स्ट्यानफोर्डमा डायस्पोरा ज्ञान सेतु नीति संवाद सम्पन्न
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्कले स्ट्यानफोर्ड विश्वविद्यालयमा उच्चस्तरीय नीति संवाद तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआइ) का संस्थापक तथा अध्यक्ष डा. खगेन्द्रराज ढकालले “रणनीतिक डायस्पोरा संलग्नताका लागि मार्गचित्र : नेपालका लागि ज्ञान सेतु निर्माण” विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपालले मुख्यतः विप्रेषण (रेमिट्यान्स) केन्द्रित दृष्टिकोणबाट अघि बढेर नेपाली डायस्पोरासंग रहेको ज्ञान र क्षमतालाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›