विपक्षीको विरोधलाई सत्तारुढ दलका सांसद जगदीश खरेलले ‘तमासा’ भनेपछि….
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले गरिरहेको विरोधलाई जगदीश खरेलले ‘तमासा’ को संज्ञा दिएपछि सदनमा तनाव उत्पन्न भएको छ । प्रधानमन्त्रीको उपस्थिती र जवाफदेहिताको माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध गरिरहेका बेला संसद्को कारबाही भने अघि बढिरहेको थियो । कार्यसूचीअनुसार ‘पर्यटन विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुग्नुभएका सांसद खरेलले सुरुमै विपक्षी दललाई लक्षित गर्दै टिप्पणी गर्नुभएको थियो । त्यसपछि विपक्षी सांसदहरूले चर्को विरोध जनाएका थिए । नरेन्द्रकुमार केरूङ समेत विरोध जनाउँदै रोस्ट्रमतर्फ अघि बढ्न खोज्नुभएको थियो । सो क्रममा कांग्रेस प्रमुख सचेतक वासना थापा ले उहाँलाई सम्झाउँदै पछाडि फर्काउनुभएको थियो । यसअघि पनि सभामुख डोलप्रसाद अर्याल ले संसद्मा अमर्यादित शब्द प्रयोग नगर्न पटक–पटक रुलिङ गर्दै आउनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›