सेमिफाइनलमा नेपालको भेट मलेसियासँग
▸ यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनोटको सेमिफाइनलमा प्रवेश
नेपालले २०औं एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्ने भएको छ । मलेसियाको बायोमास ओभलमा बिहीबार भएको समूह ‘बी’ को अन्तिम तथा तेस्रो खेलमा नेपालले इन्डोनेसियामाथि चार विकेटको संघर्षपूर्ण जित निकाल्यो । यससँगै नेपाल समूहमा दुई खेल नै जित्दै समूह विजेता बन्यो । अब सेमिफाइनलमा नेपालले घरेलु टोलीलाई हराउन सके एसियन गेम्समा छनोट हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित