स्याङ्जामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
स्याङ्जामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बिरुवा गाउँपालिका–२ श्रीडाँडा निवासी २० वर्षीय मिलन विकको चट्याङ लागेर मृत्यु भएको हो । शुक्रबार बेलुका करिव ७ बजेको समयमा घरमै बसिरहेको अवस्थामा परेको चट्याङले गम्भीर घाइते भएका उनलाई तत्काल प्रदेश अस्पताल, पुतलीबजार लगिएको थियो । यसैगरी चट्याङ लाग्दा शुक्रबार ४ :४० बजे स्याङ्जाको हरिनास गाउँपालिका–४ सार्थर निवासी ५८ वर्षीय खीमबहादुर थापा घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›